बाहिरियो यो वर्षको मनसुन, आज पहाडी क्षेत्रमा वर्षा हुने

Mausam news

काठमाडौं । यो वर्षको मनसुन बाहिरिएको छ । मनसुन बाहिरिए पनि आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने प्रणाली विकसित नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू(भागको एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।

गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो ।यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ ।

यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ । पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ । यो पटक ४२७० मिमि वर्षा भएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् ।

उनका अनुसार यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ । मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...