श्रम मन्त्रीको अथाह सम्पत्ति, ८ वटा बैंकमा पैसा जम्मा गरेको सार्वजनिक

Krishna kumar shrestha

काठमाडौं । सार्वजनिक पद धारण गरेको व्यत्तिःले ६० दिनभित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर सत्तामा पुगेका व्यक्तिले महिनौंसम्म पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुँदैनन् । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मन्त्री बनेको ४ दिनमै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री श्रेष्ठको नाममा आठ वटा बैंकमा पैसा रहेको खुलाएका छन् । उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको बताए । उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ ।

उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख छ । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।

त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९।१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ । उनले आफ्नो दुई घर रहेको सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन् ।

उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् । दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख गरेका छन् । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ । गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...