विना विभागीय मन्त्रीका रुपमा शपथ दिए दोबाटे विश्वकर्माले

Dobate bishwakarma

पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा ११ मन्त्री रहेका थिए । विश्वकर्माको नियुक्तिसँगै १२ जना मन्त्री भएका छन् । विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ ।
यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

यसअघि पृथ्वी सुब्बा गुरुङले ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आफ्नो सत्ता जोगाउन अन्तिममा आएर उनले राजिव गुरुङ ९दीपक मनाङे० लाई मन्त्री बनाएर ८ सदस्यीय बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...