सिटिजन बैंक लुटपाटमा संलग्न ३ जना पक्राउ

Bank security guard

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा हुन् ।

४/५ जनाको समूह बैंकमा जबर्जस्ती छिर्न खोज्दा रोक्ने क्रममा सुरक्षा गार्डलाई गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ का सीतल कुंवर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए ।

गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...