राप्रपाको महाधिवेसन तालिका हेरफेर, जिल्ला अधिवेसन कात्तिक १४ गते हुने

Rpp president

काठमाडौं । ४० जिल्लामा मात्रै जिल्ला अधिवेसन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ ।

पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशनको दिन यथावत् राख्दै कार्यतालिकामा केही संशोधन गरेको हो ।

जसअनुसार सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कात्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय भएको छ । जिल्ला अधिवेशन गर्ने अवधि कात्तिक १४ गतेसम्मका लागि थपिएको छ ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने भएको छ । साथै बैठकले सातै प्रदेश कार्य समितिको अधिवेशन कात्तिक २३ गतेसम्म थप गर्ने भएको छ ।

प्रदेश नं. २ तथा भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद २०७८ कात्तिक १५ गतेसम्म थपिएको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कात्तिक २३ गतेसम्म गर्ने निर्णय भएको छ । परिमार्जन कार्यतालिका कात्तिक १ बाट लागू हुने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...