रुपन्देही मोतिपुरको सुकुम्बासी बस्तीमा चल्यो प्रहरीको गोली, केही घाइते

Motipur sukumbasi

बुटवल । रुपन्देहीको मोतीपुरमा सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएको छ । दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प्रहरीले गोली चलाएर भिड तिरवितर पारेको हो ।

प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे । औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले बताए ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेक्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो । शिलान्यासका बेला पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...