आजको मौसम : यी प्रदेशहरुमा वर्षा हुने

Mausam news

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग ठूलो वर्षाको सम्भावना टरेको छ । यद्यपि आज पनि देशका विभिन्न स्थानमा वर्षा भने भइरहेको छ ।

तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भई नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...