राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा.रिजाल  

Mirendra rijal.2020 01 02 08 22 00

विराटनगर । रक्षामन्त्री डा.मीनेन्द्र रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताए ।

मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए ।

नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उनले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।

मन्त्री डा.रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको र यसले आफ्ना काममा गति लिने बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...