नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक छैन : दाहाल

Prachanda

काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नवनियुक्तमन्त्री गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको जिकिर बताएका छन् ।

आज बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै नभएको जिकिर गरे । अध्यक्ष दाहालले हमाललाई काँग्रेसको मान्छे भन्दै उनले कांग्रेसकै कोटाबाट मन्त्री भएकाले यताको र उताको भन्न आवश्यक नरहेको बताए ।

पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उनको भनाइ थियो ।

कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नातेदार हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...