अन्तिम संस्कार गर्न लागिएको अवस्थामा १७ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा, ९ जना पक्राउ

Death 3

वीरगञ्ज  । शंकास्पद रूपमा अन्तिम संस्कार गर्न लागिएको अवस्थामा वीरगञ्जबाट एक युवतीको शव पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१२ मुर्लीबाट १७ वर्षीया युवतीको शव बिहीबार साँझ नियन्त्रणमा लिएको हो। अन्तिम संस्कार गर्न लागिएको तथा ती युवतीको मृत्यु पनि शंकास्पद रहेकाले प्रहरीले शव नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरीले युवतीको शवसहित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चार जना महिला तथा पाँच जना पुरुष रहेको खनालले बताए। भारत घर भएकी युवती पर्साको जगरनाथपुर गाउँपालिकास्थित आफ्नो भिनाजुको घरमा आएकी थिइन्।

सोही क्रममा ती युवतीमाथि जबर्जस्तीकरणी गरिएको हुन सक्ने तथा सोही कारण ती युवतीको रक्तश्रावका कारण मृत्यु भएको आशंका गरिएको छ। मृतक युवती पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका कान्छो छोरा जाकिर मियाकी साली हुन्।

उनी केही दिनदेखि आफ्नै दिदी भिनाजुसँगै बस्दै आएकी थिइन्। शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...