८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

Pm sher bdr deuba

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। देउवाले आजै मन्त्रिपरिषदलाई विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफूलाई कम मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि मन्त्रिपरिषद विस्तार धकेलिएको थियो। दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डामा सहमति जुटेसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।

कसलाई कुन मन्त्रालय ?

कांग्रेस:

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

नेकपा (माओवादी केन्द्र):

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

राज्यमन्त्री : बोधमाया यादव

नेकपा (एकिकृत समाजवादी):

संस्कृति पर्यटन तथा नागरिक उड्डयन–रामकुमारी झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा:

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...