संसद बैठक विरोधको औचित्य पुष्टि गर्न एमाले तयार छ : सुवासचन्द्र नेम्वाङ    

Subash nmwang

काठमाडौँ । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएका बिधयेक फिर्ता लिएर मुलुक अध्यादेशबाट चलाउन खोजिएको भए सरकार उल्टो बाटो तर्फ लागेको र बेठिक भएको बताएका हुन् ।

उनले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेश भएको बिधेयक फिर्ता लिनु उचित काम नभएको तर्क गरे । नेम्वाङले एमालेको बिरोधका कारण बिधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएको धारणा पनि राखे । आफ्नो मुद्धा लिएर संसदमा बिरोध गरिएको भन्दै बिरोधको औचित्य पूष्टि गर्न आफुहरु तयार रहेको उनको भनाई छ ।

त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका बरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारले संसदीय अभ्यास र मर्यादा भत्काउने काम गरेको आरोप लगाए । संसदलाई बिफल बनाउने काम बनाउने भएको भन्दै आफुहरु निकै गम्भीर भएको उनको भनाई छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले केहि बिधेयक फिर्ता लिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...