जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम

Upendra

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।

जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति गठबन्धनमा बनेको छ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...