राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदै जसपा, यी हुन् मन्त्री बन्ने ४ नेताहरु

Rajndr stha

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टीले मन्त्रीहरुको नामको टुंगो लगाएको छ ।

जसपा पार्टी नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

श्रेष्ठसँगै जसपाबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन् । शुक्रबार बसेको बैठकले उनीहरुलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय को जिम्मेवारी पाउने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...