प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी असोज २५ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको थियो । एमालेको अबरोधबीच सभामुख अग्नि सापकोटाले संसद बैठकलाई अगाडि बढाएका थिए ।
आजको संसद बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस