जुवा खेल्न नमान्दा निर्घात कुटपिट

Kutpit

काठमाडौँ । बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी १ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए। रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए ।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ। घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ। अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...