सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’  

Budda air

काठमाडौं । बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको  ‘टायर फ्ल्याट’ भएको छ । काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने क्रममा टायरको हावा खुस्किएको हो ।

सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको  टायरको हावा खुस्किएपछि उडानसमेत डिलो भएको छ ।

बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो । समस्या आएको जहाज अहिले  मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...