उपत्यका बाहिर जाने यात्रुसँग बढी रकम लिएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना पक्राउ  

Capture965 65

काठमाडौं । काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको रकम भन्दा बढी रकम लिएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुसँग बढी रकम अशुलेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई रहेका छन् ।

निजहरुले नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई टिकट काटिदिन्छु भन्दै मोलमोलाई गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी,टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गरिरहेको अवस्थामा काठमाडौं बस्ने राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई प्रहरीले गोंगबुबाट पक्राउ परेका छन् ।

यसैगरी, कलंकीबाट नवीन केसी र बल्खुबाट अरुण मगर र जाजरकोटका विनोद राना समेत पक्राउ परेका छन् । निजहरुलार्य थप कारवाहीको महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...