एमसीसी खारेजीको माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन

Mmc nepal mmc

काठमाडौँ । एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौँको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका सहभागीहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैन लगायतका नारा लगाएका थिए । यसअघि बुधवार परराष्ट्रमन्त्री डा.नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...