बढाइका साथ गोरखा दरबारमा राखियो दशैंको जमरा  

Jamara

गोरखा। बडा दशैंको पहिलो दिन बिहीवार गोरखा दरवारमा घटस्थापना गरिएको छ। विहान ११ः४६ बजेको शुभ साइतमा कालिका मन्दिरमा वढाइका साथ घट्ट स्थापना गरिएको मूल पुजारी शारदाप्रसाद भट्टराइले बताए । सँगै जमरा पनि राखिएको छ ।

कालिका मन्दिरको दशैं घर र जमरा कोठामा २ पाथी ४ माना र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको उनले बताए । त्यस्तै उपल्लोकोटमा दुई माना र तल्लो कोटमा एक माना जौको बिज राखिएको छ ।

आज शैलपुत्री भगवतीको पुजा हुने बताउँदै भगवतीलाई कालिका मन्दिरको गर्भ गृहमा सारिएको उनले जानकारी दिए । ‘मूल दरवारको कैलाश कोठाबाट गर्भ गृहमा सवारी गराउनुपर्ने हो,’ उनले भने, ‘तर दरवार पुननिर्माण भइरहेकाले भगवतीलाइ कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौ, त्यहीबाट आज विहान गर्भ गृहमा सवारी गराएका हौ ।’

आजबाट दरवारमा नियमित बलि शुरु हुने छ । गोरखनाथ र कालिकातर्फ आज बलि हुने गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए ।

दशै पुजाआजा र बलीका लागि यसवर्ष पुरातत्व बिभागबाट २० लाख रकम विनियोजन भएको उनले जानकारी दिए । बोका, राँगो, भेडा, कुखुरा र संगुरको बलि चढाउने परम्परा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...