ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको नेता नेपालको आरोप

Madhav nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।

काठमाडौंको अर्पण बैंक्वेटमा बिहीबार नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका हुन्।

उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको बताए।

उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजानेसमेत घोषणा गरे। नेता नेपालले एमाले सबै हिसाबले पतनको दिशामा गएको दावी गर्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए।

‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ। अन्तिमसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निष्कर्षमा पुगेर र पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरुको जमात त्यहाँ अघि सारिएका मान्यताहरु सबै चिजहरु देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो’ उनले भने, ‘नयाँ यात्रामा प्रवेश गर्नुभएको छ। यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्। केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्। च्यूत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ। त्यहाँ कुनै सामूहिक छलफल छैन। त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ। आजको बैठकबाट हामी उहाँलाई औपचारिक निर्णय गर्नेछौँ। उहाँलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा गर्दछु।’

कार्यक्रममा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तरपार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए।

उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रीय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।

‘१० बुँदे सहमति तथा अन्तरपार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नगरिँदा, आम नेता कार्यकर्ताको मन भाँचिएको छ’, उनले भने, ‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति नगरिँदा र पार्टीमा फेरि आग्रह पूर्वाग्रहको यथावत रहेको महसुस भएकोले राजीनामा दिई एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ। म इमानदारीपूर्वक र क्षमताले भ्याएसम्म आजकै दिनबाट पार्टीको काममा लाग्नेछु।’

एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेता जोशीलाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...