एमालेको नयाँ लोगोविरुद्ध अदालत जाँदै माओवादी, षड्यन्त्र गरेर मतदाता तान्न खोजेको आरोप  

243931595 405423874286920 5646904123904369706 n

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनले पारित गरेको एमालेको नयाँ लोगोको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । एमालेले पारित गरेको नयाँ लोगो माओवादीसंग मिल्दोजुल्दो भएपछि माओवादीले असन्तुष्टि जनाउन थालेको हो ।

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । माओवादीका कतिपय नेताहरूले यसबारे प्रश्न समेत उठाउन थालेका छन् । त्यतिमात्र होइन माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी तालमेल गरेर पछि पार्टी नै एकता गरेका एमाले र माओवादीबीच अहिले अत्यन्त तितो सम्बन्ध बनेको छ । यस्तो अवस्थामा माओवादीले आफ्ना मतदाता तान्नका लागी एमालेले यस्तो हत्कण्डा अपनाएको आरोप लगाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...