डा.प्रकाशशरण महतको नेतृत्वमा नेपाली काँग्रेसको प्रतिनिधिमण्डल आज दिल्ली जाँदै

Prakash mahat

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाने भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि काँग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहेका छन् । 

भारतीय जनता पार्टी र सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्याउने गरी आफूहरु भारत भ्रमण जान लागेको काँग्रेस महामहामन्त्री डा.महतले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...