प्रदेश २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत, विपक्षमा २३ मत मात्रै

Lal babu raut

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले विपक्षमा मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । सत्तारुढ दल विभाजित भए पनि राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण सरकारको स्थायित्वमा भने समस्या नपरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...