माओवादीले टुंग्यायो ३ मन्त्री र १ राज्यमन्त्रीको नाम, यस्तो छ सुची

Maoist meeting standing committee

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।

माओवादीले बुधबार टुंगो लगाएका व्यक्तिहरु पहिलोपटक मन्त्री बन्न लागेका हुन् । पौडेल स्थायी समितिका सदस्य हुन् । उनी बागलुङ २ बाट निर्वाचित भएका सांसद हुन् । यसअघि २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए ।

पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । पार्टी केन्द्रीय सदस्य हुन् । 

गहतराज बाँके १ बाट निर्वाचित सांसद हुन् । उनी माओवादी केन्द्रीय सदस्य हुन् । धनुषाकी बोधमाया पनि केन्द्रीय सदस्य हुन् । उनी समानुपातिकबाट सांसद छिन् । उनी माओवादीले सशस्त्र विद्रोह सुरु गर्नु अघि नै हत्या गरिएका रामवृक्ष यादवका छोरी हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...