लोसपाको विरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित  

Pradesh 2 bhavan ubmqwlhhi3

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरूद्ध पारेको छ।

मुख्यमन्त्री लालबाबु राउतले अख्तियारको छानबिनलाई प्रभावित पारेको भन्दै लोसपा प्रदेश सांसदहरूले अवरोध गरेका हुन् ।  उनीहरुको अवरोधपछि प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको हो ।

लोसपाले साइकल वितरणमा भ्रष्टाचार भएको आरोप लागेका मुख्यमन्त्री राउतले अख्तियारको छानबिनलाई प्रभावित पार्न खोजेकोले मार्गप्रशस्त गर्नुपर्ने बताएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले भने आफूले कुनै पनि किसिमको अनियमितता नगरेको बताउँदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...