सधै पद ओगट्ने अगाडी बढ्ने देउवाले काम नगरेको प्रकाशमान सिंहको आरोप

Prakashman 201 32 56

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंबाट अहिलेसम्म कोही पनि पार्टीको सभापति हुन नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंसिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले काठमाडौंका कांग्रेस कार्यकर्ता सधैं अरुको झोला बोक्ने मात्रै हुन् भन्दै नेता–कार्यकर्तालाई प्रश्नसमेत गरेका हुन् ।

आज नेपाली कांग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

१३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको जिकीर गर्दै सिंहले भने, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’

पदमा पुग्न होडबाजी गर्ने नेताहरुले पद पाइसकेपछि काम नगरेको भन्दै सभापति शेरबहादुर देउवाले पनि पद ओगटेको तर काम गर्न नसकेको आरोप लगाउँदै भने, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’

पार्टीमा गूटै गूट रहेको भन्दै सिंहले थप्नुभयो, ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको हो ।’ १४ औं महाधिवेशनपछि जनताले खोजेजस्तो नेपाली कांग्रेस आउने आशा देखाउँदै सिंहले त्यसका लागि नेता–कार्यकर्ताले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताए ।

नेता–कार्यकर्ताले अगाडि बढ्न आफूलाई भनेको जानकारी दिँदै उनले भने, ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन् । प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन ।’

पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति बनेकाले यसपटक काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने भन्दै सिंहले थपे, ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...