आफ्नो पक्षको मन्त्री छान्न पौडेल समूहको बैठक बस्दै

Ramchandra paudel

काठमाडौं । आफ्नो समूहबाट सरकारमा जाने मन्त्री नाम टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो २ बजे नेता पौडेलको निवास बोहोराटारमा बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा सहभागी चार दलबीच मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरु मन्त्री चयनका लागि छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । यसअघि नै कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाइसकेका छन् ।

अब कांग्रेसले तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् ।

त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । पौडेल पक्षबाट मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, तेजुलाल चौधरीको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...