धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

Bhisma dhungana

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । पछि बोनस समेत जोडेर अहिले रेबिकाको नाममा करिब १२ हजार कित्ता शेयर रहेको छ ।

पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको ती मन्त्रीको भनाइ छ ।

बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...