कांग्रेसको उप–सभापति भएपछि के गर्छन् अब ढकालले ?

Bishnu dhakal 19

काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले विष्णुप्रसाद ढकाललाई उप–सभापतिमा मनोनयन गरेको छ । हालै बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई उप–सभापतिमा मनोनयन गरेको गरेको हो ।

भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । विशेष महाधिवेशनले सुशीलमान शेरचनलाई सभापतिमा चयन गरेको छ । उप–सभापतिमा मनोनीत भएका ढकाल विशेष महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए ।

ढकाल झण्डै ४५ वर्षअघिबाट राजनीतिमा सक्रिय छन् । ढकालले पार्टी विस्तारमा महत्वपूर्ण योगदान गरेकाले पनि उनलाई उप–सभापति बनाइएको पार्टीले जनाएको छ ।

ढकाल नेपाली कांग्रेसको राजनीतिबाट उदाएका हुन् । उनी काठमाडौंको धर्मस्थली गाउँ विकास समिति रहँदा पार्टीको ५ पटकसम्म सभापति भइसकेका छन् । उनी पार्टीको महासमिति सदस्य पनि भइसकेका छन् । नेपाली कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेकाले आफूहरुले नयाँ पार्टी खोलेर त्यही विचारलाई आत्मसात गर्दै अघि बढेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...