धनकुटामा ५ दलीय गठबन्धनद्धारा भ्रष्टचार अन्त्यका लागि एक हुने प्रतिवद्धता

Dkt program 19

धनकुटा । धनकुटाका स्थानीय तहहरुमा भइरहेको संस्थागत भ्रष्टचार अन्त्यका लागि एक हुनुपर्नेमा सत्तारुढ गठबन्धन धनकुटाका नेताहरुले प्रतिवद्धता जनाएका छन् ।

दसैं, दिपावली, छट, नेपाल सम्बत लगायतका चाडहरुको अवसरमा संयुक्त लोकतान्त्रिक गठबन्धनले आज धनकुटामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गठबन्धनका नेताहरुले धनकुटाका स्थानीय तहहरुमा भइरहेका संस्थागत भ्रष्टचारको अन्त्यका लागि सामुहिक रुपमा आवाज उठाउने प्रतिवद्धता जनाएका हुन् ।

सो कार्यक्रममा गठबन्धनका नेताहरुले अघिल्लो सरकारले संघमा बसाएको संस्थागत भ्रष्टचारको श्रृंखला धनकुटामा पनि कायम रहेकाले त्यसलाई तोडेर जनमुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

सो शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री सुनीलबहादुर थापा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी, जनता समाजवादी पार्टीका विदेश विभाज प्रमुख रकम चेम्जोङ, रास्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कुलमान राई लगायतका नेताहरुले केपी ओलीको सर्वसत्तावाद विरुद्ध पाँच दलीय गठबन्धनलाई लामो समयसम्म टिकाइराख्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख बंगला राई, एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई, नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषीराम ढुंगाना, जनता समाजवादी पार्टीका जिल्ला सचिव सिताराम रायमाझी, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर थापा लगायतले आपसी सदभाव कायम गर्दै चावपर्व मान्नुपर्नेमा जोड दिए ।

नेपाली कार्यक्रम नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो । तर, नेकपा एमालेले भने बहिष्कार गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...