चिनियाँ राजदूत यान्छी भन्छिन्, नेपाल चीनबीच विवाद छैन

Hou yanchhi

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल-चीन सीमा विवादमुक्त भएको बताएकी छन् ।

दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन् ।

उनले भनिन्,‘आजभन्दा ६० वर्षअघि मित्र राष्ट्रको रुपमा चीन र नेपालले सीमा सन्धीमा हस्ताक्षर गरेको थियो । त्यसयता हामीबीच कुनैपनि सीमा विवाद छैन । हामीबीच मित्रवत् सम्बन्ध र एकआपस बीच लाभदायक सहयोग कायम छ ।’

सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिले असोज १० मा प्रतिवेदन बुझाएको थियो । त्यसलगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो । यही सन्दर्भमा राजदूत होउले नेपाल–चीन सीमा विवादमुक्त रहेको अभिव्यक्ति दिएकी हुन् ।

राजदूत होउले नेपाल चीन महत्वपूर्ण फोटोहरु समेत सार्वजनिक गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...