काठमाडौं उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, थप ३०२ जनामा कोरोना पुष्टि  

Kathmandu

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०२ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना गरि ३०२ जना संक्रमित थपिएका हुन् ।

नेपालमा मंगलबार थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ५ सय ८२ पिसिआर परिक्षणका क्रममा ७ सय ६२ र ४ हजार ४ सय ६० एन्टीजेन परिक्षणका क्रममा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९१ हजार २ सय २४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...