घुस रकमसहित सब- इन्जिनियर पक्राउ

965

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सब- इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सब- इन्जिनियर दीपेन्द्रकुमार केसीलाई घुस रकमसहित कार्यालयपरिसरबाटै नियन्त्रणमा लिएको हो।

कलभर्ट निर्माणकार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको उजुरीका आधारमा केसीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

केसीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...