३३ किलो सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला

Gore gold

काठमाडौँ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

आज मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले  चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।

जिल्ला अदालत मोरङले अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस भएको थियो।

सरकारले २०७४ चैत ३० गते  सहसचिव संयोजक ईश्वरीराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानिन समिति गठन गरेको थियो ।

समितिले विमानस्थलबाट ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य बाहिर ल्याएको थियो। यस्तो तस्करीमा प्रहरीदेखि व्यापारीसम्मको संलग्नता भएको समितिले निष्कर्ष निकाल्यो।

समितिले सय दिन लामो अनुसन्धानपछि प्रहरीसहित ७५ जनालाई प्रतिवादी बनाएको थियो।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...