चोरिएका २१ मोटरसाइकल बरामद सम्बन्धित धनीलाई बुझाइयो

243992537 632614094395302 4455574163632958303 n

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका मध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् । ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाले जनाएको छ ।

बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधनमध्ये डियो स्कुटर र पल्सर मोटरसाइकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...