शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुई पक्राउ

244355895 4392497447523701 7530186410054626939 n

काठमाडौँ । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...