भारतले तुइन काटेपछि हलिकप्टरबाट दार्चुलाका गाउँमा खाद्यान्न

D 1

काठमाडौँ । दार्चुलाको महाकाली नदिमा भारतीय सीमा सुरक्षा बल (सएसबी) ले तुइन काटेपछि दार्चुलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदैछ ।

दार्चुलाको व्याँस गाउँपालिकाबाट सदरमुकाम खलगां आउने तुइन एसएसबीले काटेपछि खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिरहेको हो ।

१५ साउनमा एसएसबीले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा ब्यास गाउँपालिका–२ मालघाटका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तुइन काटेपछि सदुरमुकाम खलंगा जाने बाटो नहुँदा व्याँस गाउँपालिकामा खाद्यान्नको अभाव भएको थियो ।

खाद्य संस्थानले दसैँ तिहारकालागि हेलिकप्टरबाट व्याँस गाउँपालिकाका छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न गर्दैछ । हेलिकप्टरबाट खाद्यान्न झारिएको ठाउँबाट स्थानिय महिलाहरु बाकेर लैजाँदै छन् । व्याँस गाउँपालिकामा यातायातको सुविधा छैन । दार्चुलाका दुर्गम गाउँमा प्रत्येक वर्ष दसैँ तिहारमा खाद्यको अभाव हुँदै आएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...