एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

1631282975 vpdyo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको दशौं बैठक पनि एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोधकाबीच सरकारले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेका थिए ।

सभामुख अग्नि सापकोटाले संसद अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गरेपनि एमालेले नाराबाजी रोकिएन । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...