प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, बैठक सुरु हुनसाथ एमालेको नाराबाजी

1631282975 vpdyo

काठमाडौं । प्रतिनिधिसभामा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् ।

सभामुख सापकोटाले सदन सञ्चालनमा बाधा नगर्न आग्रह गरे । बैठकलाई सुव्यवस्थित बनाउनका लागि बस्नका लागि पनि सांसदहरूलाई उनले आग्रह गरे ।

प्रतिपक्षी एमालेले केही समययता संसद्मा अवरोध गर्दै आएको छ । सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको सर्वदलीय बैठक समेत एमालले बहिस्कार गरेको थियो ।

एमालले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न या मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गरेको छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...