टेलिकमको दसैँ अफर आजदेखि

Unnamed512

काठमाडौँ । नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ ।

सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक रु ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत रु २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने र रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाई छ ।

उल्लेखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले (*1415# )  डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट (*1415# ) मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...