एसिडपीडित मुस्कान खातुनको उपचारका लागि आर्थिक अभाव

Muskan khatun 3 copy

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेका ‘मेयर कल्याणकारी कोष’ बाट उक्त रकम खातुनलाई सहयोग गरेका हुन् ।

एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उनको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गरेका हुन् ।

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उनलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...