आज कर्णाली र सुदुरपश्चिममा भारी वर्षा हुने, अन्य प्रदेशमा ?

Mausam news

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत नियमित बुलेटिनमार्फत जानकारी दिएको छ ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव हाल नेपालमा परेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...