संखुवासभा हत्या काण्डमा चार जना जेल चलान, नाबालकलाई सुधारगृह पठाइयो

Sankhuwasava ghatana

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालत, संखुवासभाले हत्या अभियोग लागेका पाँचमध्ये चार जनालाई जेल चलान गर्ने आदेश दिएको हो। एक जना नाबालक रहेकाले सुधारगृहमा पठाउने आदेश गरेको छ ।

अदालतको आदेश अनुसार संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

संखुवासभा प्रहरीले करिब २० दिन अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । त्यसपछि सुरु भएको थुनछेक बहस सोमबार सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो । घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएको कारण उनलाई भने बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका नाति विपिन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको चिर्पट तथा चक्कु प्रहार गरी हत्या भएको थियो । घटनाको मुख्य योजनाकार स्थानीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...