दसैं भत्ता माग्न संसद सचिवालय धाउन थाले सांसद

Money dashain

काठमाडौं । संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् ।

दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।

केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ । सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए ।

संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् । सरकारबाट निर्णय गराएर भए पनि दसैं खर्च लिन केही सांसद लागिपरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए । ‘अर्थ मन्त्रालयले सांसदलाई दसैं खर्च दिन बजेट पठाएको छैन, भत्ता दिने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ भन्दा सत्तापक्षका केही सांसदले निर्णय गराएर ल्याउँछौं भन्नुभएको छ,’ सचिवालयका ती कर्मचारीले भने ।

कोरोना महामारीमा स्वास्थ्य सामग्री नभएर सर्वसाधारणले ज्यान गुमाएको अवस्थामा जनप्रतिनिधिलाई कर्मचारीसरह भत्ता उपलब्ध गराएको भन्दै गत वर्ष आलोचना भएको थियो ।

सांसदहरुले आफूलाई थाहै नदिई संसद्का कर्मचारीले खातामा भत्ता पठाएको भन्दै सामाजिक सञ्जालमा वक्तव्य निकालेर भत्ता फिर्ताको घोषणा गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...