८ अर्ब १ करोड भन्दा बढी ठगी गरेको आरोपमा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

Ichharaj tamang

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई पक्राउ गरेको हो ।

सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

सिभिल ग्रुपभित्र विभिन्न ९ वटा कम्पनी छन् । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा छ ।

उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।

तामाङ सिभिल ग्रुपका अध्यक्ष हुन् । उनलाई एमालेले संविधानसभा सदस्य नै बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए । यसरी उनले राजनीतिको आडमा देशको संवेदनशील क्षेत्रको कानून तर्जुमा प्रकृयामै हस्तक्षेप गर्ने हैसियत बनाएका थिए ।

सिभिल सहकारी संस्थाको ऋण विवादमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला गराउन पनि तामाङले निकै चलखेल गरेका थिए । शेयर सदस्यले हालेको मुद्दा असफल बनाउन तामाङ आफैँ फुटकर निवेदन लिएर पुगेका थिए भने मामाससुरा श्रेष्ठलाई पनि मुद्दा हाल्न लगाएका थिए ।

उम्कन नसक्ने स्थिति बनेपछि उनले आफ्ना केही सम्पत्ति बेचेर ऋण तिरेका थिए । तर, धेरै बचतकर्तालाई उनले बिल्लिबाठ नै पारेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ माघ ९ गते तामाङको सम्पत्ति रोक्का गरेको थियो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नै भेटिएको थिएन । विभिन्न २४ वटा कम्पनीमा तामाङको संलग्नता भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...