पूर्वयुवराज पारस शाहको घरमा चोरी, एक जना पक्राउ

1354069276 1

काठमाडौँ । पूर्वयुवराज पारस शाहको घरमा चोरी भएको छ । पोखरामा उनले भाडामा लिएको घरबाट सामान चोरी भएको हो ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले उक्त आरोपमा काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्ने व्यक्ति पारस शाहको घरमा काम गर्ने कामदार नै भएको बताइएको छ । उनले पोखरबाट चोरेर विभिन्न सामान काठमाडौँ ल्याएको पाइएको छ ।

उनले क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी गरेको बताइएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...