पदीय जिम्मेवारी पूरा गर्न सचेत रहेको सभामुख सापकोटाको प्रष्टीकरण

131377301 3472669769516950 1129763095879228402 n

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध गरिरहेका बेला सभामुख सापकोटाको प्रतिक्रिया आएको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिलभित्रैबाट प्रण गरिरहेको बताए । 

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धतासमेत दोहोर्याए ।  उनले संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबैलाई एकतावद्ध हुन आह्वान गरे ।

सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने । त्यो सूत्र वाक्यलाई मैले त सधैभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ ।संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदका लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’

सभामुख सापकोटाले गुणस्तरीय कानून बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दावी गरे ।  उनले दर्शनशास्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...