काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न २०७ जना पक्राउ

Pocketmar

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले २०७ जना पाकेटमारहरुलाई पक्राउ परेको छ।

भीडभाड भएको ठाँउ, सार्वजनिक गाडीहरुमा पाकेटमार र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरु बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको हो। ती मध्ये काठमाडौं जिल्ला अदालतको आदेशपछि ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ।

दशैं तिहार चाँडबाँड नजिकिएसँगै नयाँबसपार्क, सपिङ कम्प्लेक्सहरुमा नजिकका क्षेत्रमा समेत पकेटमारहरुको बिगबिगी छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...