परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीचको भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । सोमबार मन्त्री खड्का र राजदूत बेरीबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा मन्त्री खड्काले कोरोनाबिरुद्धको लडाइमा सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिए । यस्तै राजदूत बेरीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे चासो राखेका थिए ।
यस्तै उक्त भेटमा नेपालको विकास, दुई देशबिचको द्वीपक्षीय सम्बन्ध लगायतका बिषयमा छलफल भएको थियो ।
प्रतिकृया दिनुहोस